
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ ।शुक्रबार ललितपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलपछि उक्त निर्णय गरेको हो ।
कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण उक्त निर्णय गरेको प्रशासन कार्यलय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएकाे छ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्