×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारदेखि ललितपुर र भक्तपुर जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द

PRIME CA
GLOBAL IME BANK

आइतबारदेखि ललितपुर र भक्तपुर जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ ।शुक्रबार ललितपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलपछि उक्त निर्णय गरेको हो ।
कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण उक्त निर्णय गरेको प्रशासन कार्यलय ललितपुरले जनाएको छ ।  यसैगरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएकाे छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: