×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगमन्त्री भट्ट भन्छन् – ‘बजारमा मूल्यवृद्धि भएको छैन’ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उद्योगमन्त्री भट्ट भन्छन् – ‘बजारमा मूल्यवृद्धि भएको छैन’ (भिडियो रिपोर्ट)

Artha Sarokar

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताउनुभएको हो । उहाँले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गर्नुभएको छ । 
तर विश्व बजारमा नै केही वस्तुमा मूल्य वृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहिंपनि समस्या आएको छैन् । केही वस्तुमा विश्वमै मूल्य बढेपछी बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँगाई भन्ने छैन । 
अव एकाध वस्तुमा हुने स्वभाविक हो । हिजोपनि हुन्थ्यो ।’ अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उहाँले बताउनुभयो । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताउनुभयो ।
आफुले मन्त्रालय सम्हालेदेखि व्यवसाय मैत्री वातावरण बन्दै गएको दावी समेत मन्त्री भट्टले गर्नुभएको छ । कर र राजस्वका विभिन्न विषयमा सुधार गरि उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी