
-
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी असोज १६ गतेबाट २१ औँ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।

स्थापनाकालदेखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ ।
बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहकले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।
बैंकले २०औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०-२० (ट्वान्टी-ट्वान्टी) अफरहरु संचालनमा ल्याएको छ । त्यस्तै, बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्राओरिटी काउन्टर पनि संचालनमा ल्याउँदै छ ।
त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।
स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।
साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २० वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्