×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडाैंकाे दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने

PRIME CA
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडाैंकाे दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले छुट्टै–छुट्टै मितिमा उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।
नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।
बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: