Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित, यस्तो छ कारण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । गत शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले २२औं बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । 
आगामी बिहीबार साधारणसभा बस्ने तय भएको बैंकले कोरोना संक्रमण बढेको र नजिकिएको चाडपर्वका कारण स्थगित गर्ने निर्णय गरेको हो । सो अवस्थामा शेयरधनीलाई साधारणसभामा उपस्थित हुन कठिनाई हुने भन्दै यही ६ गते पाेखरामा गर्ने तय भएको साधारणसभा स्थगित भएको हो । 
बैंकले गत वर्षको नाफाबाट ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK