Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई दियो ब्याजमा १० प्रतिशत छुट !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । बैंकले असोज मसान्त भित्र तिनु पर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।
हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएको हो । 
ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK