×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी आदेशले बन्द गर्न सकेन ‘शक्तिपिठ’ का गेट, जोखिमलाई छिचोल्दै धार्मीक स्थलमा पुग्यो ‘धर्मावलम्वि’ को उदेग लाग्दो भिड ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । आज महानवमी अर्थात नवरात्रीको नवौं दिन । आजको दिन शक्तिस्वरुप माता सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता रहेको छ । सोही मान्यता अनुसार पुजाअर्चनाका लागि हजारौँ धर्मावलम्विहरु विभिन्न स्थानका शक्तिपिठहरुमा पुग्ने गर्दछन् । तर यसपाली भने सरकारले मठमन्दिर तथा शक्तिपिठहरुमा पुजाआजा तथा धार्मीक उत्सव गर्नमा रोक लगाएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण दिनप्रतिदिन फैलिरहेका बेला जोखिमलाई मध्यनजर गर्दै सरकारले मठमन्दिरहरुमा भिडभाड तथा पुजाआजा गर्नमा प्रतिबन्ध गरेको थियो । तर नवरात्रीको आठौँ दिन अर्थात महाअष्ठमीको दिनसम्म सुनसान बनेका धनगढीका शक्तिपिठहरु महानवमीको दिन निकै भरिभराउ देखिएका छन् । मन्दिरका गेटमा कोभिडको कारण देखाउँदै पुजाआज गर्न निषेध गरिएको पम्प्लेट लगाईएका छन् तर मन्दिरको भिडभाड भने निकै उदेगलाग्दो देखिएको छ । 
पारम्परिक मुल्यमान्यता र धार्मिक आस्था बोकेर मन्दिर प्गेका धर्मावलम्विहरुमा उत्साह देखिएको भएतापनि कोरोना संक्रमणको डर भने यथावत् नै देखिन्थ्यो । सामाजिक दुरी तथा भौतिक दुरी कायम नहुँदा कोरोना संक्रमणको जोखिम भने त्यत्तिकै मात्रामा देखिन्छ । यद्यपी प्रायजसो सबैले मास्कको प्रयोग गरेको भएतापनि जोखिम भने कम पक्कै थिएन । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: