×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरले थाल्यो बजार अनुगमन, सडेको मासु बेच्ने मैतिदेविको चण्डीकालिका मासुपसललाई टोलीले गर्यो कारवाही ! (भिडियो)

PRIME CA

महानगरले थाल्यो बजार अनुगमन, सडेको मासु बेच्ने मैतिदेविको चण्डीकालिका मासुपसललाई टोलीले गर्यो कारवाही ! (भिडियो)

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । काठमाडौंको मैतिदेविमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ । महानगरपालिकाले गरेको नियमित मैतिदेविमा सञ्चालित चण्डीकालिका मासुपसलमाका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु विक्री गर्न राखेको पाईएको थियो । 
उक्त मासुलाई अनुगमनमा गएको टोलिले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुजे्रको मसला समेत पाइएको छ । महानगरपालिकाका पशुविकास अधिकृत डम्बर बहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताउनुभयो । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफ सहित महानगरमा आउन भनिएका बमले बताउनुभयो । 
महानगरपालिकाले मैतिदेवि क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उहाँले बताउनुभयो ।  हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: