Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकद्वारा शुद्ध पिउने पानी ट्याङ्की हस्तान्तरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष श्री दिपक थापालाई हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरे । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्रविन्दु रहेकोले र यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको समेत बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK