×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक एडीबीको ‘अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

अर्थ सरोकार

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार

PRIME CA

नबिल बैंक एडीबीको ‘अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक -ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।
एशियालि विकास बैंकको (टीएससीएफपी) द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त बनाउने काम गर्दछ । 
एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा (टीएससीएफपी) संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले जनाएको छ । नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाका साथमा बैंकिङ सेवा दिइरहेको बैंकले दावी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: