×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकमा कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र १६ दिन बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया बैंकमा कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र १६ दिन बाँकी

Artha Sarokar

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकमा कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवधि सकिन लागेकाे छ । बैंकमा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र १६ दिन बाँकी कम्पनीले जनाएकाे छ ।
बैंकले २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना सार्वजनिक गरिरहेको छ । बैंकले ग्राहकहरुमा पर्ने आर्थिक भारलाई कम गर्ने हेतुले ल्याएको उक्त याेजना सञ्चालनमा ल्याएकाे हाे ।
यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका योग्य ग्राहकले यस योजनामा सहभागी हुन सक्नेछन् ।
बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहकको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।
यस बैंकबाट कर्जा उपभोग गरिरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले सुविधा लिन सकिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी