
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि बैंकले उनकी श्रीमती सुनिता देवी शर्मालाई उक्त रकम भुक्तानी गरेको हो ।
निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो । हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ ।
यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् ।
साथै, न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ । यसअन्तर्गत निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई-कमर्स सेवा, स्वीप इन-स्वीप आउट लगायत सेवाको फाइदा लिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्