×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकका ग्राहकले सामसङ्ग माेबाइल खरिदमा १० प्रतिशतसम्म छुट पाउने

PRIME CA
GLOBAL IME BANK

एनएमबी बैंकका ग्राहकले सामसङ्ग माेबाइल खरिदमा १० प्रतिशतसम्म छुट पाउने

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग माेबाइल किन्दा १० प्रतिशतसम्म वा एक हजारसम्म नगद फिर्ता पाउने भएका छन् । जसकाे लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको हाे ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक-सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका छन् । यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यसाथ आईएमएसले यो अभियान शुरू गरेकाे हो ।
एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १० प्रतिशतसम्म छुट वा एक हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: