
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबी बैंकले किआ अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् ।
उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसंगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ ।
‘आ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ र हामी विश्वस्त छौं कि कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज प्रा. लिमिटेड जसले एक दशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ, जससंगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ ।,’ बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्