×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो रह्यो एनआरएनको विशेष साधारण सभा ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

यस्तो रह्यो एनआरएनको विशेष साधारण सभा ! (फोटो-कथा)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त साविकको एनआरएन लघुवित्त वित्तिय संस्थाको विशेष साधारण सभा सम्पन्न भएको छ । आइतबार धनगढीको दिनेश होटलमा आयोजना गरिएको साधरण सभा संस्थाको विभिन्न निर्णय र एजेण्डा प्रस्तुत गर्दै सम्पन्न भएको छ । 
साविकको दिव्य लघुवित्त वित्तिय संस्था लिमिटेड, किसान लघुवित्त वित्तिय संस्था लिमिटेड, रामारोशन लघुवित्त वित्तिय संस्था लिमिटेड, क्रियटिभ लघुवित्त वित्तिय संस्था लिमिटेड र एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेड एकआपसमा मर्जर भई संयुक्त रुपमा एनआरन लघुवित्त वित्तिय संस्थामा समाहित भएका छन् । एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडको विशेष साधारण सभामा विशेषत तीनवटा एजेण्डा मुख्य रुपमा प्रस्तुत गरिएको थियो । एनआरएन लघुवित्तका सिईयो इन्द्रकुमार शाहले संस्थाको जानकारी दिदै प्रस्ताव टेवल गरेका थिए ।
एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडको विशेष साधारण सभामा पेश गरिएका मुख्य प्रस्तावमध्ये संस्थाको नाम परिवर्तन गर्ने, संस्थाको कर्पोरेट कार्यालय राजधानीमा स्थापना गर्ने र संस्थाको नयाँ सञ्चालक समिति गठन सम्बन्धमा रहेको थियो । सभामा बोल्दै संस्थाको सञ्चालक समितिका पुर्व अध्यक्ष प्रमोद उप्रेतीले आर्थिक वर्ष २०७६/७७ मा संस्थाले हासिल गरेको प्रगति, प्राप्त उपलब्धिहरु, संस्था सञ्चालनमा भोग्नुपरेका चुनौतिहरु एवं आगामी अल्पकालिन तथा दिर्घकालिन योजनाहरु पेश गर्नुभएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्… 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: