×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानी सेना प्रमुखको भ्रमणकै क्रममा पीओकेमा नागरिकद्वारा विरोध प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाकिस्तानी सेना प्रमुखको भ्रमणकै क्रममा पीओकेमा नागरिकद्वारा विरोध प्रदर्शन

Artha Sarokar

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुनजा । पाकिस्तान सेना प्रमुख जनरल कामर जाभेद बाजवाको पाकिस्तानको नियन्त्रणमा रहेको काश्‍मीर (पीओके) भ्रमणका क्रममा बृहत विरोध प्रदर्शन गरिएको छ । सेना प्रमुखको भ्रमणकै क्रममा अलीअन्दाबाद हुन्जामा सन् २०११ मा जेलमा परेका राजनीतिक नेता बाबा जानलगायत १४ स्थानीय व्यक्तिलाई रिहाको माग गर्दै बृहत प्रदर्शन गरिएको हो । 
आन्दोलनकारीहरूले उनीहरूको मागलाई स्वीकार नगरेसम्म आन्दोलन जारी राख्‍नेसमेत जनाएका छन् । सेना प्रमुख बाजवाले मंगलबार गिलगिटमा विशेष सञ्‍चार संगठन (एससीओ) को पहलमा रहेको अत्याधुनिक सफ्टवेयर टेक्नोलोजी पार्कको उद्घाटन गरेका छन् । कारागारमा परेका नेताहरूको रिहाइका लागि असेरन-ए-हुनजा रिहाइ कमेटीले उक्त विरोध प्रदर्शनको आह्वान गरेको हो । 
पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई), पाकिस्तान पीपुल्स पार्टी (पीपीपी), पाकिस्तानी मुस्लिम लीग (नवाज) (पीएमएल-एन), धार्मिक र स्थानीय संगठनहरू र कैदीहरूका परिवारका सदस्यहरू उक्त विरोध प्रदर्शनमा सहभागी थिए । अलीबाद हुन्जाको कलेज चोक, काराकोरम राजमार्ग अवरुद्ध गर्नुका साथै कारागारमा रहेका ब्यक्तिहरुलाई न्याय प्रदान गर्न आह्वान गरिएको छ । उनीहरूले ‘हुन्जाका १४ जनालाई रिहा गर’ भन्ने नारा पनि लगाए ।
आन्दोलनकारीहरूले अताबाद ताल प्रकोप पीडितको अधिकारका लागि आवाज उठाउँदै गरेको कुराको लागि २०११ मा बाबा जान र १३ अन्य व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । उनीहरूमाथि आतंकवाद विरोधी ऐन (एटीए) को आरोप लगाइएको छ । बाबा जानलाई ९० वर्षको उमेरमा पनि जेलमा राखिएका छन् । -पब्लिक न्युज एजेन्सी 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी