×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङद्वारा पदभार ग्रहण, एकद्वार प्रणालीबाट सूचना संप्रेषण गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङद्वारा पदभार ग्रहण, एकद्वार प्रणालीबाट सूचना संप्रेषण गर्ने

Artha Sarokar

२९ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको हो । कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनकालागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उहाँले बताउनुभयो ।
यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताउनुभयो । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहनुभएका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाउनुभएको हो । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी