×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुरुयोजनाकोविरुद्धमा पशुपतिका स्थानीयले गरे पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ ! (भिडियो रिपार्ट)

PRIME CA

गुरुयोजनाकोविरुद्धमा पशुपतिका स्थानीयले गरे पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ ! (भिडियो रिपार्ट)

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोध अन्तर्गत आज (बुधबार) कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् । स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको वस्ती मास्ने र पशुपति क्षेत्र भित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरि गुरुयोजना ल्याइएको आरोप लगाएका छन् । 
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्र भित्र रहेका १ सय ४० पर्व र ४० वटा भन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो । कोषले ल्याएको गुरुयोजनाको खारेजिको माग गर्दै आफुहरुले दोस्रो चरणको विरोध स्वरुप आज कोषको कार्यालय घेराउ गरिएको बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम बैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको बताउनुभयो । तर सरकाले स्थानीयका कुनैपनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको बताउनुभयो । उहाँले खासगरी स्थानीयले गुरोयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौंम महानगरपालिका अन्तर्गत ल्याउन माग गरेको उहाँले बताउनुभयो । तर सरकारले संवेदनशिल नभएकाले कोभिड संक्रमणको जोखिको अवस्थाकाबिच पनि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुले बताएका छन् । स्थानीय बस्ती हट्ने भन्दा पनि पशुपति क्षेत्र भित्रका जात्रा, पर्वहरुको विनास हुने चिन्तामा आफुहरु रहेको स्थानीयले बताएका छन् । पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्ताव सहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: