×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मौरीपालनले मनग्य आम्दानी गर्दै बेनीबासी, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले मौरीपालनले मनग्य आम्दानी गर्दै बेनीबासीदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको केसी बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक डिलबहादुर केसीले गरेको मौरीपालन । 
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा कृषक बलबहादुर रानाले धान खेतीसँगै लगाउनुभएको केरा खेती । उहाँले खेतका डिलमा केरा लगाएर आयस्रोत लिनुभएको छ । 
अन्न पिस्नका लागि प्रयोग गरिने ढुङ्गाबाट निर्मित जाँतो बेचेर जीविकोपार्जन गर्ने परम्परा रोल्पामा अझै कायम छ ।
भक्तपुरको दरबारस्क्वाएर क्षेत्रमा बिक्रीका लागि राखिएको नेपालको झण्डा । 
पोखराको पर्यटकीय गन्तव्य फेवातालमा बुधबार डुङ्गा शयर गर्दै तालबाराही मन्दिर जाँदै आन्तरिक पर्यटक । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दी तथा निषेधाज्ञा अन्त्यपछि डुङ्गा सञ्चालन भए पनि पर्यटक नहुँदा सीमित मात्र सञ्चालनमा छन् । 
बैतडीको मुस्याचौर बजारमा बिक्रीका लागि राखिएको तरकारी । पछिल्लो सयम जिल्लामा तरकारीको मूल्य आकासिएको छ ।
कटाइसिलाइमा व्यस्त महिलाहरु । दलित समुदायले मात्र कटाइसिलाइको काम गर्नु पर्छ भन्ने गलत मान्यता पनि समाजमा छ । कटाइसिलाइप्रति गैर दलित समुदायका नागरिकको आकर्षण बढ्दा छुवाछुत र जातीयविभेद् पनि हट्ने कतिपयको बुझाइ छ । 
तनहुँको व्यासनगरपालिका–१ गल्बुबेसीस्थित प्रतिक एग्रोभेट फार्ममा बिक्रीका लागि राखएको अण्डा । तनहुँ जिल्ला अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्न सक्षम भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: