×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बेर्ना र तरकारी बेचेर मनग्य आम्दानी गर्दै डोटीका कृषक, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : बेर्ना र तरकारी बेचेर मनग्य आम्दानी गर्दै डोटीका कृषक, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बेर्ना र तरकारी बेचेर मनग्य आम्दानी गर्दै डोटीका कृषकदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
डोटीको दिपायल सिलगढी नगरपालिका–३ बाँफीका कृषक हिक्मतबहादुर साउदले बिक्रीका लागि उमार्नु भएको तरकारीको बेर्ना । बेर्ना र तरकारी बेचेर उहाँले वार्षिक लाखौँको आम्दानी गर्ने गर्नुभएको छ । 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय धनगढी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले दशै, तिहार, छठ पर्वलाई लक्षित गरी संयुक्तरुपमा धनगढीमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा नुनलगायतका सामान लोड गर्दै मजदूर ।
पाल्पाको तानसेन हार्थोक सडकखण्डको जोगेपानीमा पर्खाल लगाउँदै श्रमिकहरु ।
महान चाड दशैं तिहार तथा छठ पर्व नजिकीएसँगै धनगढीको चौराहास्थित एक पसलमा सजाएर राखिएका दैनिक प्रयोगमा आउने विभिन्न सामान । धनगढीमा कोरोनाको जोखिम कायमै रहे पनि बजारका विभिन्न पसलमा सामान खरिदका आएका स्थानीयवासीले कोरोनाको जोखिमबाट बच्न खासै सावधानी अपनाएको देखिंदैन । 
दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको पाटन नगरपालिका क्षेत्रमा सडक चौडा पार्ने काम हुँदै । 
जुम्लाको चन्दननाथन नगरपालिका–२ का स्थानीयवासी मार्सी धान केलाउँदै, गतवर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी आएको किसान राजपुरा कुमाईले बताउनुभयो । 
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारमा स्थापना भएको चेकपोष्टमा सवारी साधनको चेकजाँज गरिँदै । नजिकिंदै गरेको चाडपर्वलाई मध्यनजर गरेर प्रहरीले चेकजाँचलाई कडाइ बनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: