
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले माटोको गमला बजार लैजादै ज्येष्ठ नागरिकदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
माटोको गमला खर्पनमा राखेर बेच्न लैजाँदै मध्यपुर थिमि पाचोका ज्येष्ठ नागरिक । सानो गमला रु १०० मा र ठूलोको रु ३५० सम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ ।




काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा स्थानीयवासीले सञ्चालन गरेको खुवा उत्पादन केन्द्रमा खुवा बनाउँदै कामदार । यहाँ उत्पादित खुवा बनेपा र काठमाडौँमा बिक्री हुन्छ ।


