
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले म्याग्दीको बेनीमा बिक्रीका लागि लैजाँदै गरेका भेँडादेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको बेनीमा धवलागिरि गाँउपालिका–१ गुर्जाबाट बिक्रीका लागि हिँडाएर ल्याइँदै गरेका भेँडा ।

भेरी नगरपालिकाबाट सुर्खेत लाँदै गरेको भैँसी । नगरपालिकाले भैँसी विक्रीवितरणमा रोक लगाए पनि दशैँका लागि भन्दै बाहिर जिल्ला लान लागिएको हो ।


भरतपुर महानगरपालिका–१० मा रहेको नमुना लेडिज ट्रेलर्सकी सञ्चालिका नमुना पौडेल मास्क बनाउँदै । फेसबुकबाट सिकेर उहाँले लकडाउनमा मात्रै एक लाख मास्क बिक्री गर्नुभएको छ ।





दिक्तेल बजारको विभिन्न ठाउँमा सजाउनेगरि फलामे डण्डी प्रयोग गरेर गमला निर्माण गर्दै कामदार । भर्खरै ढलानको काम सम्पन्न गरिएको दिक्तेल बजारको सडक दायाँ र बाँया विभिन्न प्रजातिका फूल रोपिएको गमला दश÷दश मिटरको फरकमा राख्ने तयारी गरिएको छ ।
