×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : मुस्ताङको मार्फा स्याउ बजार पठाउन तयार गर्दै किसान, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : मुस्ताङको मार्फा स्याउ बजार पठाउन तयार गर्दै किसान, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

Artha Sarokar

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले मुस्ताङको मार्फा स्याउ बजार पठाउन तयार गर्दै किसानदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
मुस्ताङको मार्फा स्याउ टिपेर बजार पठाउन तयार गर्दै किसान ।
बागलुङ नगरपालिका–४ गौरीधामका किसान टेकबहादुर बिकले टनेलमा लगाएको गोलभेडा । उहाँले व्यावसायिक रुपमा गोलभेडाखेती र कुखुरापालन गर्नुभएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान मार्सी धान झारदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कम भएको कृषक बताउँछन् । 
स्याङ्जाको वालिङ–१४, हु्ल्काङमा रहेको जनकल्याण आधारभूत विद्यालय भवनमा पहिरोले पु¥याएको क्षति । पहिरो झरेर विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या हुने देखिएको छ । 
झापाको बाहुनडाँगीस्थित एक किसानको घरमा सुकाउन राखिएको तेजपत्ता । 
साल्ट ट्रेडिङ कर्पोरेशन नारायणगढले सञ्चालनमा ल्याएको दशैँ, तिहार तथा छठ पर्व लक्षित सुपथ मूल्य पसलमा सामान किन्न लाइनबद्ध भएर बसेका उपभोक्ता । उपभोक्ताले खाद्य वस्तु किन्ने क्रममा भौतिक दूरी कायम गरेको भने देखिदैन । 
तानसेन नगरपालिकास्थित सिलखानटोलमा स्थानीय कृषि उत्पादनको बिक्री गर्दै युवा । ग्रामीण क्षेत्रमा उत्पादित काक्रो, कागती र लसुनको कारोबारमा वृद्धि हुँदै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी