×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : डोका डालो बुनेर जीविका चलाउँदै वृद्ध, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले डोका डालो बुनेर जीविका चलाउँदै वृद्धदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
दशैँ नजिकिँदै, पीडा थपिँदै चामल, नुन तेल चिनीको जोहो गर्न डोका डालो बुन्दै बझाङको खप्तडछान्ना वडा नं ७ गोर्खाली गाउँका ७८ वर्षका हरिबहादुर बोहरा (रजाडी) । 
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार कटान गाउँमा फलामका विभिन्न औजार निर्माणका लागि व्यावसायिक रुपमा गरिएको एक पसलमा शुक्रबार फलामको हँसिया बनाउँदै एक स्थानिय । अहिले धान काट्ने समय शुरु भएसँगै हँसियालगायतका औजार निर्माणका लागि भ्यानभ्याई भइरहेको ती व्यवसायीले बताएका छन् ।
डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका लेकाली क्षेत्रमा लगाइएको धान काट्दै किसान । यहाँका गर्मी हुने अर्थात् औलिए क्षेत्रमा धान काटी सकिए पनि लेकाली क्षेत्रमा बल्ल काट्न शुरु गरिँदै छ 
जुम्लाको चन्दननाथ नगरपालिका– १ रानारावत गाउँस्थित सडक चौडा गरिँदै । यहाँको सदरमुकाम खलङ्गादेखि मुगुको पर्यटकीयस्थल रारा ताल जाने छोटो दूरीको सडक स्तरवृद्धि गर्न थालिको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारास्थित पाउद्वार गाउँका कृषकले व्यावसायिक रुपमा पालेका भेँडा र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।
पाल्पा रामपुरको बेझाड बजारको किरानामा पसलमा बिस्तारै सामान किन्नेको चहलपहल बढ्दै ।
तनहुँको व्यासनगरपालिका–३ स्थित मालपोत लाइनमा बाँसको चोयाबाट निर्मित नाङ्लो बिक्री गर्दै दुई महिला । उनीहरुले प्रति गोटा रु दुई सयमा बिक्री गर्ने गरेको बताएका छन् ।
दाङको तुलसीपुर उपमहनगरपालिका वडा नं १ भमकेमा सिंचाई कुलो निर्माण गरिंदै । कृषिका लागि उपर्युक्तस्थान भएको सोही क्षेत्रमा सिंचाईलाई प्राथमिकता दिइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: