×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ठेकेदारको लापरवाहीले चार वर्षदेखि जिदीखोलाको पुल अलपत्र, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : ठेकेदारको लापरवाहीले चार वर्षदेखि जिदीखोलाको पुल अलपत्र, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

Artha Sarokar

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ठेकेदारको लापरवाहीले चार वर्षदेखि जिदीखोलाको पुल अलपत्रदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

ठेकेदार कम्पनीको लापरवाहीका कारण विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तनहुँको भीमाद नगरपालिका–२ र ६ जोड्ने जिदीखोलाको पुल ।
भरतपुर महानगरपालिका–६ केशरबागका किसानले पालेका लेयर्स कुखुरामा एच ९ भाइरस देखिएपछि नष्ट गरिँदै । किसान खेमराज पाठकले पालेको पाँच हजार बढी लेयर्स कुखुरा एच ९ का कारण मरेका छन् ।
मुस्ताङ, मार्फाका कृषकको बगैँचामा पाकेको स्याउ 
महाकाली नदीमाथि निर्माणाधीन ६ लेनको पक्कीपुलका लागि क्रसरमार्फत तयार गरिएको गिट्टी ।
ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीमा आलु रोप्न ठाउँ तयार गर्दै किसान । धानबाली भित्र्याए लगतै यहाँका किसान खेतमा आलुबाली लगाउँछन् ।
दाङको घोराही उपमहानगरपालिका–१३ की सुस्मा गिरीले गरेको व्यावसायिक बाख्रापालन । पछिल्लो समय महिलाहरु पनि व्यावसायिक बाख्रापालनमा सक्रिय हुन थालेका छन् । 
जिल्ला प्रशासन कार्यालयमा देखिएको सेवाग्राहीको भीड भाड । जिल्ला प्रशासन कार्यालयमा आलोपालोमा नागरिकतालगायतका सेवा प्रदान गर्दै आएको छ ।
नजिकिंदै गरेको दशैंमा घटस्थापनाको दिन जमरा राख्न कालो माटोको गमला बनाउँदै कुमाले । भक्तपुरमा माटोको गमला, भ्यूँत र पालामा जमरा राख्ने परम्परा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी