×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : दशैँ नजिकिएसँगै मुस्ताङबाट बिक्रीका लागि बागलुङ ल्याइएका च्याङ्ग्रा, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : दशैँ नजिकिएसँगै मुस्ताङबाट बिक्रीका लागि बागलुङ ल्याइएका च्याङ्ग्रा, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले दशैँ नजिकिएसँगै मुस्ताङबाट बिक्रीका लागि बागलुङ ल्याइएका च्याङ्ग्रादेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार : 

दशैँ तिहार नजिकिएसँगै मुस्ताङबाट बिक्री गर्न व्यापारीले बागलुङ ल्याइएका च्याङ्ग्रा । कपिलवस्तुको चनईमा कम्बाइन मेसिनद्वारा धान काटिँदै । कम्बाइन मेसिन प्रयोग गरेर धान काट्दा एक विघा खेतमा धान काटेको रु दुई हजार लिइन्छ ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीका महिलालाई उपहारस्वरुप वितरण गर्न राखिएका बाख्रा । पछिल्लो समय गुल्मीका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् ।
तनहुँको दमौली बजारस्थित एक पसलमा सुनका जलप लगाइएका गहना खरिद गर्दै महिला। दशैँ सुरु भएसँगै बजारमा सामान खरिद बिक्रीका लागि भीडभाड बढेको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको तरकारी पसलमा हरियो साग खरिद गर्दै उपभोक्ता । चाडपर्व नजिकिँकदै गर्दा तरकारीको मूल्यमा तेब्बर बढीले वृद्धि भएको छ ।
बागलुङको ताराखोला गाउँपालिकाको अर्गल गाउँमा अलैँची टिप्दै अम्मरबहादुर घर्ती दम्पती । किसानलाई अहिले अलैँची टिप्ने चटारो भए पनि भाउ ओरालो लागेपछि निरास भएका छन् ।
साकेला गाउँपालिका–३ खिदिमामा कपासको धागोबाट खाँडी कपडा बुन्दै महिला उद्यमी । गाउँपालिकाले स्थानीय कच्चा पदार्थलाई प्रयोग गरेर खाँडी कपडा उद्योग तथा अल्लो प्रशोधन केन्द्र स्थापना गर्न पहल थालेको छ ।

दशैँमा बिक्री गर्न मुस्ताङबाट बागलुङ ल्याइएका स्याउ ।
बागलुङ नगरपालिका–१३ पैयुपाटाका युवा रमेश शर्मा लामिछानेले आफ्नो गोठमा पालेको पाडापाडीको स्याहार गर्दै । उहाँको गोठमा अहिले ४५ लैना पाडापाडी छन् । पाडापाडी लोप हुन थालेपछि संरक्षण गर्न उहाँले किनेर पाल्नु भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी