
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले आजदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०:०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच प्रभु बैंक गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।
गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।
यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा ATM, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्