
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा भईरहेको अव्यवस्थित सडक निर्माणको कामले दुर्घटनाको जोखिम बढाएको छ । चुनावि एजेण्डाको रुपमा रहेको सडक विस्तारको काम पछिल्लो ढाई वर्षयता अधुरै रहेको थियो । बीचमा कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको सडक मर्मतको काम आर्थिक वर्ष २०७७र७८ लागेसँगै धमाधम सञ्चालन भईरहेको छ ।
धनगढीका अधिकांश सडकहरुमा एकैपटक निर्माण काम सुरु भएको छ । त्यसमा पनि धनगढीको मुख्य सडक नै यतिबेला दुर्घटनाको हटस्पट बन्दै गएको छ । अव्यवस्थित सडक सञ्जालको कारण लामो समयदेखी सास्ती भोग्दै आएका नगरवासी अहिले सडकको दुर्दशाका कारण समस्यामा परेका छन् । सडक निर्माणका लागि अव्यवस्थित रुपमा थुपारिएका ग्राबेल र खनिएका सडकका कारण दुर्घटनाको जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्