
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सो संग सम्बन्धित विबिध आर्थिक सहयोग समेत गरेको छ ।

उक्त प्रतियोगिता असोज २४ गते शनिबार भद्रकाली देखि कागेश्वरी सहिद पार्कसम्म हुन गइरहेको बक्स अफिस साइकलिङ २०२० “नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाउ, पर्यावरण जोगाऔं” भन्ने मूल नाराका साथ हुँदै छ ।
यसै गरि सगरमाथा इन्स्योरेन्स कम्पनिले विगतमा पनि आन्तरिक पर्यटनलाई बढुवा दिने उद्देश्यका साथै शारिरिक तथा मानसिक स्वच्छताका लागि एडभेन्चर स्पोर्टस् अन्तर्गत फष्ट वेमेन जोननालिष्ट एभरेष्ट एस्पेडिसन २०१८, मे थाई बक्सिङ स्पोर्टस् इभेन्ट जस्ता कृयाकलापहरुमा सहयोग तथा सहभागिता जनाइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्