×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

PRIME CA
GLOBAL IME BANK

सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सानिमा बैंकले “बिग डिल एट सस्तो डिल” नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई-बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि कार्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: