×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको नयाँ सुविधा, अब घरबाटै क्रेडिट कार्डको लागि आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ बैंकको नयाँ सुविधा, अब घरबाटै क्रेडिट कार्डको लागि आवेदन दिन सकिने

Artha Sarokar

१४ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले कार्तिक १३ गते देखि उक्त व्यवस्था ल्याएको हो ।
अब क्रेडिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सकिन्छ ।
आवेदन दिए पश्चात क्रेडिट कार्ड स्वीकृत गर्नुपूर्व बैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछ । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी