
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा ३ अर्ब २५ करोड कर्जा लगानी गर्ने सम्झौता भएको छ । सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा यि दुई बैंकबिच कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको हाे ।
उक्त सम्झौता अनुसार कुमारी बैंकबाट २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपियाँ बराबरको कर्जा सीमा स्वीकृत भएको छ ।
कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्