Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच सम्झौता, सुजुकी ब्राण्डको गाडी खरिदमा सहुलियत पूर्ण कर्जा पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनीबिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दि‌ँदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सुजुकी ब्राण्डको गाडीको आधिकारीक विक्रेता सिजि मोटो कर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK