- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आमा घरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती प्रदेश काठमाडौँ, रविभवनस्थित आमा घरलाई आर्थिक सहयोग गरेको हो ।
उक्त आर्थिक सहयोगले आमा घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले जानकारी गराएको छ ।