
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढीमा सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । चाडपर्वलाई लक्षित गर्दै सरकारले देशभरका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसल सञ्चालन गरिहेका बेला धनगढीमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको क्षेत्रिय शाखाले पनि बिहिबारदेखी सहुतिलयत दरमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सञ्चालनमा ल्याएको उक्त सुपथ मुल्य पसलमा दैनिक उपभोग्य सामानहरु राखिएको छ । उक्त पसलबाट दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, गेडागुडी, चिनी, नुन लगायतका वस्तुहरु सुपथ मूल्यमा खरिद गर्न सकिने साल्ट ट्रेडिङ्ग कर्पोरेशन क्षेत्रिय कार्यालयका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक उपभोग्य सामाग्री सँगै सेनिटाईजर, ग्लुकोज, साबुन लगाएतका बस्तुहरुपनि राखेका छौँ ।’ अहिले धनगढी बजारमा राखिएको सुपथ मुल्य पसलको सुविधा गाउँ गाउँ र स्थानिय तहमै पुर्याउने तयारीमा रहेको पनि पाण्डेले बताउनुभएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…









Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्