
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुपथ मुल्य पसल सञ्चालनमा अएपछि धनगढीका उपभोक्त हर्षित बनेका छन् । बजारको मुल्यभन्दा कम दररेटमा सामान किन्न पाएपछि सुपथ मुल्य पसलमा सेवाग्राहीको लर्को लाग्ने गरेको छ ।
चाडपर्वलाई लक्षित गरि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको क्षेत्रिय कार्यालय धनगढीद्धारा सञ्चालन गरिएको सुपथ मुल्य पसलमा चिनी प्रति केजी १० रुपैँया कम र नुन प्रति केजी २ रुपैँया कममा बिक्रि भईरहेको छ । उपभोक्ताको सहजताका लागि उक्त सुपथ मुल्य पसलमा साबुन, सेनिटाईजर तथा दैनिक उपभोग्य सामाग्रीहरु पनि राखिएका छन् । उपभोक्ताले सामान किन्ने मात्र नभएर उपयुक्त मुल्यमा समान बेच्न पनि पाउने भएपछि हर्षित बन्दै गएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…









