
- एजेन्सी
भुइ पुछ्ने, भाँडा माझ्ने लगायतका काम गर्ने घरेलु मजदूरको तलब कति होला ? महिनाको ५००० ? ६००० ? वा बढी भए अरु केहि थप । घरेलु कामदारले वार्षिक ३० लाख रुपैयाँ तलब पाउने जागिर खुलेको छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो ।
बेलायतको राजदरबारले आवासीय दरबारमा काम गर्ने घरेलु कामदारको खोजी गरेको छ । राजदरबारको हाउसकिपरमा भर्ना हुने कामदारको सुरुवाती तलब नै वार्षिक झण्डै ३० लाख रुपैयाँ हुनेछ ।द रोयल हाउसहोल्ड वेबसाइटमा दिइएको जानकारी अनुसार हाउसकिपिङ असिस्टेन्ट नामक पदको उक्त जागिर बेलायतको नियम अनुसार लेभल टु अप्रेन्टिसशिपको जागिर हो ।
तलब मात्र होइन छनोट हुने कामदारको खानेबस्ने खर्च समेत दरबारले व्यहोर्नेछ । साथै जागिरका क्रममा गर्नुपर्ने यात्राको खर्च समेत दरबारले नै गर्नेछ । छनोट हुने कामदारको मुख्य काम दरबारभित्र सरसफाइ गर्नु हुनेछ । जसमा भुइ पुछ्नेदेखि भाँडा माझ्नेसम्मको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्