×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परफ्युम बनाउन प्रयोग हुने ह्वेलको दिसा किन सुनभन्दा पनि महँगो हुन्छ ? हेर्नुहोस् किलोको कति पर्छ ?

PRIME CA
GLOBAL IME BANK

परफ्युम बनाउन प्रयोग हुने ह्वेलको दिसा किन सुनभन्दा पनि महँगो हुन्छ ? हेर्नुहोस् किलोको कति पर्छ ?

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • एजेन्सी
ह्वेलले आफ्नो शरीरबाट निकाल्ने पद्धार्थ किन महँगो हुन्छ ?
ह्वेलले कहिले मुखबाट निकाल्ने र कहिले मलद्वारबाट निकाल्ने हुँदा कतिले यसलाई ह्वेलको वान्ता भन्छन् त कतिले ह्वेलको दिसा । झन्डै किलोको ६० हजार डलर पर्ने यो पद्धार्थ परफ्युम बनाउन प्रयोग हुन्छ ।वैज्ञानिकहरुले एम्बरग्रीसलाई समुद्रमा तैरिने सुन पनि भन्दछन् । एउटा ह्वेलको शरीरबाट एक पटकमा निस्कने एम्बरग्रीसको तौल १५ ग्रामदेखि ५० किलोसम्म हुने गर्दछ ।
वैज्ञानिक भाषामा यसलाई एम्बरग्रीस भनिन्छ । ह्वेलको पेटबाट निस्कने एम्बरग्रीस कालो वा स्लेट रङको ठोस पदार्थ हो । यो मैनबत्ती जस्तै ज्वलनशील पदार्थ हो । यो पदार्थले ह्वेलको शरीरभित्र रोग प्रतिरोधी पदार्थको रुपमा काम गर्दछ ।
महँगो परफ्युम बनाउन प्रयोग हुने हुँदा यो पद्धार्थ निकै महँगो हुन्छ । एम्बरग्रीसबाट बनेका अत्तरको सुगन्ध लामो समयसम्म रहने हुनाले विश्वभर यसको माग छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: