×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रैराङ हाइड्रोपावरको नाफामा ६०५ प्रतिशतको छलाङ, रिजर्भ कोषमा ६ करोड ८७ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रैराङ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ६०५% ले बढी हो । अघिल्लो वर्ष यसले ७९ लाख ६८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा दुवैमा वृद्धि हुँदा खुद नाफा पनि सकारात्मक प्रभाव परेको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६५०.३१% ले बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट १ करोड ३१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै रैराङको सञ्चालन नाफा पनि ८३ लाख ६९ हजार रुपैयाँबाट बढेर ९ करोड ९ करोड ३० लाख रुपैयाँ पुगेको छ । ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भ कोषमा ६ करोड ८७ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ २२ पैसा (वार्षिक) रहेको रैराङको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: