×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ५८८.३१ प्रतिशतले वृद्धि हुँदा इपीएस कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५८८.३१% ले बढोत्तरी गरी ५ करोड ३० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्षयहि अवधिमा कम्पनीले ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क पनि ४५.४०% ले बढेर ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले ७ करोड ९५ लाख खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको बिमा कोषको आकार पनि बढाएर ८ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बिमा कोषमा ३ करोड २० लाख रुपैयाँ मात्र थियो ।
असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । हाल अजोडको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा भने ६ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपेयाँ ७२ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: