×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ चौतारी लघुवित्तले गर्यो सामान्य प्रगति, खुद नाफा ४.८८ प्रतिशतले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

PRIME CA

आरम्भ चौतारी लघुवित्तले गर्यो सामान्य प्रगति, खुद नाफा ४.८८ प्रतिशतले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ करोड २९ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा ४.८८% बढी हो । गत वर्ष यहि अवधिमा संस्थाले १ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता, संस्थाको खुद ब्याज आम्दानी ५७.१४% ले बढेको छ । गत वर्ष ३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो वर्ष बढेर ५ करोड ६३ लाख रुपैयाँ पुगेको छ । संस्थाले सञ्चालन नाफा पनि १ करोड ९४ लाख रुपैयाँबाट बढोत्तरी गरेर २ करोड ३ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ । 
असोज मसान्तसम्म यसले ९७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ९३ करोड कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड २७ लाख रुपैयाँ रहेको छ । यता, संस्थाको खराब कर्जा ०.६०% बाट बढेर १.९१% भएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७० पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ४२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: