×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंका बेला राहत पाउँदा खुशी भए अटो व्यवसायी, भन्छन् ‘अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाईदेउ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशैंका बेला राहत पाउँदा खुशी भए अटो व्यवसायी, भन्छन् ‘अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाईदेउ’ (भिडियो)

Artha Sarokar

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । गत चैत ११ गतेबाट जारी भएको लकडाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लकडाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लकडाउनपछिको अवधिमा गत वर्षहरुमा व्यापार भन्दा कम भएपनि परिस्थिति अनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ । 
लकडाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो । दशैंको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णभक्त दुलाल दशैंले अटो व्यवासायीहरुलाई राहत दिएको बताउँनुहुन्छ । लक डाउनका कारण सिथिल बनेको बजार साउन पछिको अवस्थामा केही माथि उठ्न सकेको उहाँले बताउनुभयो । 
विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले ४ हजार १ सय ३३ कार/जिप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको बताउनुभयो । यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।
कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, संक्रमणको जोखिमका कारण पनि नीजि सवारी प्रयोग गर्नेहरुको संख्या बढेको बताउनुभयो । सरकारले संक्रमणको जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ । तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालय र सरकारलाई लाइसेन्स वितरण खुलाउन र अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी