Skip to content
LAXMI SUNRISE BANK

बजाज व्यापारीको दादागिरी, फाइनान्सिङ गर्छु भन्दा बाइक नै छैन भन्छन्, क्यास दिन्छु भन्दा, ‘मज्जाले लैजानू…’

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा बजाज व्यापारीले दादागिरी गरेको पाइएको छ । धनगढीको चटकपुरमा रहेको बजाज सोरुमको आधिकारीक बिक्रेता दिनेश अटोमोटिभ्सले सेवाग्राहीलाई विभिन्न बाहानामा मनपरी गर्दै आएको पाइएको हो ।
धनगढीका रोशन दुरा बजाज कम्पनिको टु ट्वान्टि पल्सर बाइक खरिद गर्नका लागि सोरुम पुगे । बाइक आयो भन्ने थाहा पाए लगत्तै उनले सोरुममा फोन गरे तर फाइनान्सिङ गर्ने हो भन्ने बित्तिकै धनगढीमा रहेको बजाज सोरुमले उनलाई बाइक नै छैन भन्यो । त्यस लगत्तै तेस्रो व्यक्तिमार्फत सम्पर्क गर्दा सोरुममा कार्यरत कर्मचारीले भने, ‘बाईक छ, भोलीसम्म आएपनि मज्जाले पाउनुहुन्छ ।’ 
यसरी फाईनान्सिङ गर्छु भन्दा बाईक छैन भन्ने बजाज व्यापारीले क्यास दिन्छु भन्दा मज्जाले लैजानुस भनेपछि अर्थ सरोकारको टिमले सोरुममा बुझ्दा एक कर्मचारीको भनाई थियो, ‘मलाई त्यहि भन्न भन्नुभयो मैले त्यहि भने ।’ उनले फेरी थपे, ‘फाइनान्सका लागि हामीसँग बाईक छैन तर क्यासका लागि हो भने छ ।’ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK