
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा बजाज व्यापारीले दादागिरी गरेको पाइएको छ । धनगढीको चटकपुरमा रहेको बजाज सोरुमको आधिकारीक बिक्रेता दिनेश अटोमोटिभ्सले सेवाग्राहीलाई विभिन्न बाहानामा मनपरी गर्दै आएको पाइएको हो ।
धनगढीका रोशन दुरा बजाज कम्पनिको टु ट्वान्टि पल्सर बाइक खरिद गर्नका लागि सोरुम पुगे । बाइक आयो भन्ने थाहा पाए लगत्तै उनले सोरुममा फोन गरे तर फाइनान्सिङ गर्ने हो भन्ने बित्तिकै धनगढीमा रहेको बजाज सोरुमले उनलाई बाइक नै छैन भन्यो । त्यस लगत्तै तेस्रो व्यक्तिमार्फत सम्पर्क गर्दा सोरुममा कार्यरत कर्मचारीले भने, ‘बाईक छ, भोलीसम्म आएपनि मज्जाले पाउनुहुन्छ ।’
यसरी फाईनान्सिङ गर्छु भन्दा बाईक छैन भन्ने बजाज व्यापारीले क्यास दिन्छु भन्दा मज्जाले लैजानुस भनेपछि अर्थ सरोकारको टिमले सोरुममा बुझ्दा एक कर्मचारीको भनाई थियो, ‘मलाई त्यहि भन्न भन्नुभयो मैले त्यहि भने ।’ उनले फेरी थपे, ‘फाइनान्सका लागि हामीसँग बाईक छैन तर क्यासका लागि हो भने छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्