×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित !

Artha Sarokar

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको  वार्षिक साधारणसभा  एक समारोहका बिच आज सम्पन्न भएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । 
उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी