×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख रुपैयाँ घातक रोगको दावी भुक्तानी

PRIME CA
GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख रुपैयाँ घातक रोगको दावी भुक्तानी

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई शुक्रबार घातको रोगको दावी भुक्तानी गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्रमान तुलाधरले बीमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम रु. ५ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । 
बीमित राईले २०१९–०४–१० मा ५० बर्षको उमेर घातक रोग रु. ५ लाखको बीमा गरे वापत बार्षिक किस्ता रु. ६ हजार १४० पर्ने गरी बीमा गराएका थिए । वार्षिक २ किस्ता तिरीसकेका बिमित राइलाई एक्कासी घाँटीमा क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख तुलाधरले जानकारी दिए । 
सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे । रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्णलगायतको पनि उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: