
काठमाडौँ । बुधबारदेखि हुन लागेको आफना स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्नेे भारतले जनाएको छ । नरवणेको भ्रमणका विषयमा सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्वोधन गर्दै काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नविन कुमारले त्यस्तो वताएका हुन् ।
दुतावासले ट्वीट गर्दै भनेको छ–‘आगामी ४ नोभेम्वरदेखि नरभाडेको नेपाल भ्रमणका विषयमा धेरै मिडियाका प्रश्नहरूको उत्तरमा भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्– उनको भ्रमणले दुई देशको सेनाविच लामो समयदेखि रहेको परम्परागत सम्बन्धलाई अझ गाढा पार्नेछ।’
यसैगरी, उनको भ्रमणले द्विपक्षीय रक्षा साझेदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने पनि दुतावासले जनाएको छ । भ्रमणले आपसी हितका लागि सम्वन्धलाई अझ मजबुत बनाउने अवसरहरुको खोजी गर्ने विस्वास दुतावसले गरेको छ ।
नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नेपाल भ्रमणमा आउन लागेका हुन। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । दुई देशबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार प्रधानसेनापति थापाको औपचारिक निम्तोमा नरवणे नेपाल आउन लागेका हुन् ।
कालपानीलगायतका सीमा विवादका कारण विगत केही महिनादेखि नेपाल–भारत सम्वन्ध चिसिएका वेला नरवणेको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्