×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेबाट ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गर्ने, कस-कसले पाउँछ आवेदन दिन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीको उक्त आइपिओमा काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन पाउने छन् ।
साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नगरिकले आवेदन दिन पाउनेछन् । 
सो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् भने पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न कार्तिक २८ गते अनुमति दिएको थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: