×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चिलिमे हाइड्रोपावरको पहिलो त्रैमास : खुद नाफा बढ्यो, इपिएस कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २.८७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले २१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत प्राधिकरणले आवश्यकता अनुसार विद्युत उर्जा खरिद गर्ने र गत वर्षको तुलनामा अधिक विद्युत खरिद भएकोले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । यस्तै, कम्पनीले नेपाल विद्युत प्राधिकरणसँगको कन्ट्रयाक्ट इनर्जि पनि नघटेको जनाएको छ । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३.६८% ले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष चिलिमेले विद्युत् बिक्रीबाट ३५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । 
कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७५ पैसाले घटेर १५ रुपैयाँ ४९ पैसा (वार्षिक) मा सीमित भएको छ । गत वर्ष कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ २४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ २५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: