×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको लाभांश संशोधन, अव बोनस सेयर र नगद लाभांश कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिटिजन्स बैंकको लाभांश संशोधन, अव बोनस सेयर र नगद लाभांश कति ?

Artha Sarokar

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेकाे ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः संशोधन प्रस्ताव गरेको हो ।
बैंकको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद लाभांश वितरण गर्ने गरी संशोधन प्रस्ताव गरेको छ । 
यस अघि भने बैंकले ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत नै लाभांश दिने घोषणा गरेको थियो । कुल लाभांश यथावत रहे पनि बोनस र नगद दर भने संशोधन भएको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा तथा वित्तीय विवरण प्रकाशन सम्बन्धी कार्यविधि सम्मत हुने गरी लाभांश संशोधन गरिएको सिटिजन्सले जनाएको छ ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी