Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफर र वाइरियस रेमिटयान्सबीच रेमिटान्स सम्बन्धी सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हङकङस्थित वाइरियस रेमिटयान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार शुरु भएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वाइरियस रेमिटयान्स को तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात् हङकङमा रहेका नेपालीहरूले वाइरियस रेमिटयान्स को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
सम्झैता भएसँगै नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १० हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी गर्न सक्ने तथा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् । यसका साथै, यही नोभेम्बर ३० तारिक सम्म वाइरियस रेमिटयान्स बाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK